समाचार

पहिरोले घर पुरियो, आमा छोरीको मृत्यु

१२ आश्विन २०८१, शनिबार १०:११
पहिरोले घर पुरियो, आमा छोरीको मृत्यु

१२ असोज,काठमाडौं। पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा छन्।

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। घर नजिकै माथिदेखि आएको पहिरोले पुरिँदा आमा छोरीको ज्यान गएको हो। दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्