समाचार

हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगायाे

१२ आश्विन २०८१, शनिबार १०:०९
हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगायाे

१२ असोज,काठमाडौं। भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको स्थानीयले देखेका थिए ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्