भिडियो

दीपक आचार्यकाे ‘बग्ने खोलाको पानी’ सार्वाजनिक

११ आश्विन २०८१, शुक्रबार १६:२८
दीपक आचार्यकाे ‘बग्ने खोलाको पानी’ सार्वाजनिक

काठमाडौं। चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘बग्ने खोलाको पानी’ बोलको गीत एभरेष्ट ग्यलरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

दीपक आचार्य (जलन) शब्द रहेको गीतमा कमल अधिकारीले संगीत दिएका छन् । उक्त गीतमा हेमन्त शिशिरले एरेन्ज गरेका हुन्। उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, सोफि धरेल र हेमा सापकोटाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

साचाे मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ। गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।  भिडियो चितवनको पर्यटकीय स्थानहरूमा छायाङ्कन गरिएको छ। उक्त म्युजिक भिडियोलाई प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको गरेका छन् भने विकाश दाहालको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो: 

प्रतिक्रिया दिनुहोस्