खेलकुद

एएफसी यू-२०: नेपाल बहराइनसँग पराजित

११ आश्विन २०८१, शुक्रबार १५:१०
एएफसी यू-२०: नेपाल बहराइनसँग पराजित

११ असोज, काठमाडौं। एएफसी यू-२० एसिया कप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपाल आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ।

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो । यो हारपछि नेपालको एसियन कपमा छनौटको सम्भावना सकिएको छ । नेपालले यसअघि  पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएसँगै नेपालको यू-२० एसिया कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो।

प्रतिक्रिया दिनुहोस्