समाचार

रास्वपाको पत्रकार सम्मेलन : चीन गएको उपलब्धि पनि सुनाउने

११ आश्विन २०८१, शुक्रबार १४:५१
रास्वपाको पत्रकार सम्मेलन : चीन गएको उपलब्धि पनि सुनाउने

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

चीन नेपाल सम्बन्ध, उपलब्धि, चीनले नेपालका पार्टी र रास्वपालाई हेर्ने नजरबारे सम्मेलनमा जानकारी दिने रास्वपाको तयारी छ । यस्तै, भ्रमणका बेलामा भएको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको रास्वपा नेता गणेश पराजुलीको भनाइ छ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ ।

सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिरिएपछि रास्वपा तरंगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्