समाचार

शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण देखिएपछि तीन विद्यालय बन्द

२२ पुष २०७८, बिहीबार १५:३४
शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण देखिएपछि तीन विद्यालय बन्द

२२ पुस, दाङ । दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये २६ शिक्षक र १९ विद्यार्थीमाक कोरोना संक्रमण देखिएपछि तुलसीपुरका तीन सामुदायिक विद्यालय बन्द भएका छन्। तुलसीपुर बजारको सेन्टर मावि तुलसीपुर, तुलसीपुर-४ को गुरुजजुर नमूना मावि र तुलसीपुर-८ को अश्वारा मावि बन्द भएका हुन्।

कोरोना देखिएपछि गुरुजजुर माविलाई पुस २७ गतेसम्म बन्दसमेत गरिएको छ । आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा सङ्क्रमण पुष्टि भएसँगै पाँच वटा विद्यालयमा कोरोनाको सङ्क्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो ।

तुलसीपुरमा बिहीबार मात्रै थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४२ जनाको परीक्षण गर्दा  ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको परिक्षणका क्रममा  गुरु जजुर माविका ११ जना विद्यार्थी तथा शिक्षक, सेन्टर मावि तुलसीपुरका १५ जना  विद्यार्थी तथा शिक्षक, ८ जना  स्वास्थयकर्मी र समुदायका थप ११ जनामा संक्रम पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए।

यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।” विद्यालयमा नै बढी देखिएकाले केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो । उनका अनुसार प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौँलगायतका स्थानमा ‘टुर’ गएका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्