sudurpashchim

पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

११ आश्विन २०८१, शुक्रबार १०:००
पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

११ असोज,बैतडी। पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

गएराति १२ बजे खसेको पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पुरिएका छन् ।

पहिरो आउने सङ्केत पाएपछि घरका सबै मान्छे गाउँलेको घरमा बसेका थिए । पहिरोले घर पुरिएपछि सुरेन्द्रको नौ जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् ।प्रहरीको टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्