मुख्य समाचार

वाइडेनले आयोजना गरेकाे स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

१० आश्विन २०८१, बिहीबार १०:०४
वाइडेनले आयोजना गरेकाे स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

१० असोज, न्युयोर्क। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन गएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्ने छन् । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्