बिबिध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन नउडाउन निषेध

१० आश्विन २०८१, बिहीबार ०९:५४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन नउडाउन निषेध

१० असोज,काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन उडाए कारबाही हुने भएको छ ।

विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचनामार्फत जानकारी दिएको छ ।

‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,’ कार्यालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्