९ असोज, जनकपुरधाम। सिरहामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको हो।
कुटपिट लगतै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ। मृतक भालेश्वरको शवको पोष्टमार्टम गरेर उनको छोरा राम प्रतापलाई शव जिम्मा लगाएको र जेठो छोराविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यस बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।