Banner 2

समाजसेवासंगै राजनितीमा सक्रिय युवा नेता

९ आश्विन २०८१, बुधबार १५:२०
समाजसेवासंगै राजनितीमा सक्रिय युवा नेता

काठमाडौँ । इरफान खान समाजसेवीसंगै नेपाली राजनीतमा रुचाएका युवा नेता हुन। युवाहरुको नेतृत्व विकास र राजनीतिक सहभागिताको लागि निर्णायक भूमिका निभाइरहेका छन् ।

इरफान खान दल, गुट, उपगुटको चंगुलमा नफसेर जनताको सेवामा लिप्त रहेका छन् । पछिल्लो समय युवापुस्ता हरेक पार्टीको नेतृत्व गर्नु पर्छ भने मेरो धारण रहेको छ।  युवा नेता खान पेसाले राजनीतिकर्मी र रुचिले समाजसेवीसमेत हुन् । २०७७ सालको कोरोनापछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । उनी जनताको काममा अहोरात्र खटिएका रहेका हुन्छन ।

उनी स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकलाई सरकारी अस्पतालमा उपचारमा सहयोग गरिदिने छ। यसै गरी दैवी प्रकोपमा परेका पीडित नागरिकलाई राहत सहायता उपलब्ध गराउने साथै महिला सशक्तीकरणतर्फ विभिन्न कार्यक्रम सञ्चालनसमेत गर्दै आएका हुन्छन ।

युवा नेता खानको यही जोश, ऊर्जा, उत्साह, उमंग, सकारात्मक चेत-चिन्तन, तीव्रता र गतिशीलतालाई जनताले एकपटक अजमाउन चाहेका छन् । युवा नेता खान अहिले कार्यवाहक जनता समाजबादी पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष समेत हुन् । खान वडा देखि केन्द्रसम्म राम्रो छवि भएका नेता मध्य एक हुन् ।

प्रतिक्रिया दिनुहोस्