मुख्य समाचार

रवि लामिछानेले भने– समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु

८ आश्विन २०८१, मंगलवार १९:५५
रवि लामिछानेले भने– समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु

८ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।

मंगलबार साँझ फेसबुक लाइभमा आउँदै सभापति लामिछानेले समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका हुन् । उनीमाथि समितिले गोर्खा मिडिया नेटवर्क मार्फत सहकारीको बचत रकम अपचलनको आरोपमा कारबाहीको सिफारिस गरेको छ ।

लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

प्रतिक्रिया दिनुहोस्