समाचार

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छः डा. प्रकाशचन्द्र लोहनी

८ आश्विन २०८१, मंगलवार १९:५२
देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छः डा. प्रकाशचन्द्र लोहनी

८ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन्  ।

मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका छन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले  ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएको बताएका छन् ।

उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताउदै उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए । उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने र  त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताएका छन्  ।

उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन ।

अनि कहाँबाट ल्याउने ? अनि कहाँबाट बिकासका लागि ल्याउने ? माग्ने भएर टोपि थापेर जाने बाहेक के छ ? अरु देशहरुले देखेका छन् हाम्रो स्थिति । अरु देशहरुले बुझेका छन् । १९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरुले पु¥याएका छन् । यो यथार्थतालाई हामीले बताउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्