समाचार

दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने

८ आश्विन २०८१, मंगलवार १९:५२
दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने

८ असोज, काठमाडौं। नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यसका लागि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो ।

दशैंका लागि यही असोज १२ गते शनिबारदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । अहिले विभिन्न अनलाइन माध्यमहरु बसको टिकट अग्रिम बुकिङ गर्न सञ्चालनमा छन् । जसको माध्यमबाट सजिलै आफ्नो गन्तव्यसम्मको बसको टिकट घर बसीबसी आफ्नै मोबाइलबाट बुकिङ गर्न सकिन्छ ।

 यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । करिब २० लाख मानिसहरू दशैंका लागि उपत्यकाबाट बाहिरिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्