समाचार

एमाले चितवनको अध्यक्षका लागि चार आकांक्षी

२२ पुष २०७८, बिहीबार १४:३१
एमाले चितवनको अध्यक्षका लागि चार आकांक्षी

२२ पुस,चितवन ।नेकपा (एमाले) चितवनको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ ।

अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।

जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा देखाए । अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष थिए । खड्का यसअघिको नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षका आकांक्षी न्यौपाने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए । दुई पार्टीको एकता खारेज भइसकेपछि एमाले भरतपुर महानगरको कमिटी अध्यक्षको जिम्मेवारी पनि न्यौपानेले नै पाए ।

प्रतिक्रिया दिनुहोस्