खेलकुद

बलमा ७८ प्रतिशत नियन्त्रण गरेर पनि आर्सनलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

७ आश्विन २०८१, सोमबार ०८:३१
बलमा ७८ प्रतिशत नियन्त्रण गरेर पनि आर्सनलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

७ असोज, काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ । गए राति भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

गएरातिको खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफूलाई हारबाट बचाएको हो । दुवै क्लब २–२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए । खेलको इन्जुरी समयको ९८औँ मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो ।

सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।

आर्सनलका लिन्ड्रो ट्रोसार्डले दोस्रो हाफको ८ औँ मिनेटमा रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए । साविक विजेता सीटी १३ अङ्कका साथ शीर्ष स्थानमा छ । आर्सनल ११ अङ्कसहित चौथो स्थानमा छ । यसअघि गएराति भएको पहिलो खेलमा ब्राइटन र नटिङघम फरेस्टले पनि बराबरी खेलेका थिए ।

ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा भएको खेलमा ब्राइटन र नटिङघम फरेस्टले २–२ गोलको बराबरी खेलेका हुन् । ब्राइटनका लागि ज्याक हिन्शेलउड र ड्यान्नि वेलबेकले गोल गरे । नटिङघम फरेस्टका क्रिस उड र रामोन सोसाले गोल गरे । नटिङघम फरेस्टका मोर्गन गीब्स ह्वाइटले रातो कार्ड पाए ।

प्रतिक्रिया दिनुहोस्