समाचार

प्रसाईंलाई जिल्ला अदालत पेस गरियो, नाराबाजी गर्ने ४ जना पक्राउ

६ आश्विन २०८१, आईतवार १८:०५
प्रसाईंलाई जिल्ला अदालत पेस गरियो, नाराबाजी गर्ने ४ जना पक्राउ

६ असोज, काठमाडौं। आइतबार भक्तपुरस्थित घरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत पेस गरिएको छ ।

आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । उनलाई साइबर व्युरोबाट अस्पताल लगेर त्यहाँबाट जिल्ला अदालत ल्याइएको हो । उनलाई अदालत ल्याउँदा नाराबाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालका अनुसार प्रसाईंविरुद्ध एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्