मुख्य समाचार

आज तीन संसदीय समितिको बैठक बस्दै

६ आश्विन २०८१, आईतवार ०८:२८
आज तीन संसदीय समितिको बैठक बस्दै

६ असोज,काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ ।

बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल हुनेछ । सोही समयमा सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुनेछ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्