मुख्य समाचार

कति बजे छ यसपालि दसैं टीकाको उत्तम साइत?

५ आश्विन २०८१, शनिबार ०७:५१
कति बजे छ यसपालि दसैं टीकाको उत्तम साइत?

५ असोज, काठमाडौं। यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो।

असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्छ ।

यस वर्षको नवरात्र अर्थात दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । समितिका अध्यक्ष भट्टराईले असोज १७ गते बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको छ ।

यस्तै असोज १८ गते शुक्रबार झन्डा फेर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्