नेपाली चलचित्र

यस्तो छ ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’

४ आश्विन २०८१, शुक्रबार १९:२९
यस्तो छ ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’

 काठमाडौँ। कलाकारद्वय दीपादीपकको फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक भएको छ।

‘ब्रेकअप सङ’ नाममा सार्वजनिक गीत रमाइलो खालको छ। ब्रेकअपपछि प्रेमिले प्रेमिकालाई पोखेको आक्रोश र गालीलाई गीतमा दर्शाइएको छ। प्रेमीकाले अर्कैसँग इन्गेजमेन्ट गरेपछिको माहोलबाट गीत सुरू हुन्छ।

यो गीतको शब्द संगीत र स्वर बालुल गिरीको हो । गीतमा महिलाको आवाज फिल्म निर्देशक दीपाश्री निरौलाले दिएकी छन् । गीतमा भूतपूर्व प्रेमी–प्रेमिकालाई ‘तँ’ भनेर सम्बोधन गरिएको छ । त्यहीकारण केहीले ‘योभन्दा उत्कृष्ट शब्द चयन हुन सक्ने’ तर्क गरेका छन् । बुधबार साँझ सार्वजनिक यस गीतले यो समाचार तयार पर्दासम्म १२ लाख ६२ हजारभन्दा बढी भ्युज पाएको छ ।

त्यसैगरि, मेक्सन गौडेल र सुरवीर पण्डित लगायतलाई पनि भिडिओमा देख्न सकिन्छ। ब्रेकअप मुड दर्शाउने गीतले प्रेमीले प्रेमिकाप्रति पोखेको रिष र आक्रोशलाई चित्रण गरेको छ। गीतको शब्ददेखि कलाकारको प्रस्तुति कमेडीखाले देख्न सकिन्छ।

दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपककै कथा, पटकथा र संवाद रहेको छ। फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्