समाचार

प्रधानसेनापति सिग्देलसँग भारतीय राजदूत श्रीवास्तवको भेट

४ आश्विन २०८१, शुक्रबार १९:२४
प्रधानसेनापति सिग्देलसँग भारतीय राजदूत श्रीवास्तवको भेट

४ असोज, काठमाडौँ।नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच जंगी अड्डामा भेटघाट भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा शुक्रबार सिग्देल र श्रीवास्तवबीच भेटघाट भएको हो ।  प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्