४ असोज, काठमाडौँ। नेपाली कांग्रेस उपसभापति धनराज गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।
‘सहकारीकै कारण कतिपय सदस्यले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध विच्छेद गरेर एकसाथमै बस्ने गरेको चर्चा छ ।
सहकारी संस्थाका तर्फबाट ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकोमा समितिले त्यस सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’