समाचार

डिशहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन’

४ आश्विन २०८१, शुक्रबार १५:२२
डिशहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन’

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकका लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।

योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।यस खुसीको सेलिब्रेसन योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हटलाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन्।

स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिसहोमको इन्टरनेट ग्राहकहरूको प्रमुख रोजामा पर्ने गरेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्