समाचार

गुप्तचर विभागको प्रमुखमा खरेल नियुक्त

२१ पुष २०७८, बुधबार १४:५४
गुप्तचर विभागको प्रमुखमा खरेल नियुक्त

२१ पुस, काठमाडौं । देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् ।

 बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

हालका गुप्तचर प्रमुख गणेश अधिकारी २३ पुसबाट अनिबार्य अवकाशमा जाने भएपछि बरियतामा अधिकारी पछि रहेका खरेलले उक्त जिम्मेवारी पाउने भएका हुन । खरेल साढे सात महिना संगठनको प्रमुख बन्नेछन् ।

खरेल प्रमुख भएसंगै रेग्मी तीन महिनामै सोही पदबाट उमेर हदका कारण अनिबार्य अवकाश हुनेछन् । उनको दरबन्दी समेत फाजिलमा छ ।

प्रतिक्रिया दिनुहोस्