राजनीति

ओलीलाई भेटेर रामचन्द्र पौडेलले बालकोट

२१ पुष २०७८, बुधबार १४:४३
ओलीलाई भेटेर रामचन्द्र पौडेलले बालकोट

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

बुधबार ओली निवास बालकोट पुगेर उनले अदालत र संसदमा भइरहेको घटनाक्रमले मुलुक नै ‘डेडलक’ मा गएको बताए। ‘संसद र अदालत दुवैले काम गर्न सकेका छैनन् ।यस्तो डेडलक हुँदा पोलिटिक्सप्रति वितृष्णा पर्छ, यसलाई हटाउन के के विकल्प सोच्ने हो भन्ने छलफल गरौँ भनेर पौडेलले ओलीलाई भन्नु भयो ।’

ओलीलाई भने अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुखलाई हटाउनु पर्ने अडान राखे।  माधवकुमार नेपालहरूलाई कारबाही गरेमात्र ‘डेडलक’ खुल्ने उनले बताए।

उनले ओलीलाई भने, ‘प्रधानमन्त्रीसँग पनि कुरा गर्नुस्। सभामुख हटाउन पनि प्रक्रिया होला। कुरा त गर्न पर्ला नि। तर, अदालत र संसदको डेडलक हटाऔं।’

प्रतिक्रिया दिनुहोस्