राजनीति

राप्रपाको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित

२ आश्विन २०८१, बुधबार ०८:२२
राप्रपाको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित

२ असोज, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित भएका छन् ।

राप्रपाको नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनित गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो। जसमा १० जना पुरुष र १० जना महिला छन्।

पुरुषतर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ र शमीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र र युके प्रवासका डेभिड थापा राप्रपाको केन्द्रीय सदस्य बनेका छन्।

महिला १० जनातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी इन्जिनीयर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इन्जिनीयर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाण्डुकी आश्मा कुमारी केसी र हुम्लाकी तारा जैसी छन् ।

प्रतिक्रिया दिनुहोस्