खेलकुद

नेपालले आज ओमानसँग खेल्दै

२ आश्विन २०८१, बुधबार ०८:२०
नेपालले आज ओमानसँग खेल्दै

२ असोज, काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।

खेल नेपाली समय अनुसार राति ९ बजे ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुनेछ। सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ।

नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले चार र ओमानले ३ खेल जितेको छ।  नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ।  त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ।A

प्रतिक्रिया दिनुहोस्