समाचार

राज्यमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ६ जना घाइते

२१ पुष २०७८, बुधबार १४:२९
राज्यमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ६ जना घाइते

२१ पुस, विराटनगर । प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी सप्तरीमा दुर्घटना भएको छ ।

 राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी बुधवार अपराह्न सप्तरीको छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक अनियन्त्रित भएर दुर्घटना हुँदा उनीसहित ६ जना घाइते भएका हुन्।

बुधबार दिउँसो साढे ४ बजे तर्फ राजविराज सडक खण्डस्थित विष्णुपुर गाउँपालिका वडा नम्बर ६ अवस्थित विष्णुपुर चोकमा स्कारपिओ अनियन्त्रित भई पल्टिएको प्रवक्ता काफ्लेले बताए ।

 प्रवक्ता काफ्लेले स्कारपिओमा राज्यमन्त्री सहित ६ जना सवार थिए । गाडी पल्टिँदा राज्यमन्त्री कर्णको बायाँ हातमा चोट लागेको छ भने सवार रहेका अन्यलाई भने सामान्य चोटपटक लागेको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी राज्यमन्त्री कर्णको बाँया हातमा चोट लागेको छ भने घाइते भएकाहरु सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० बर्षीय ध्रुव मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ वर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साहको अवस्था भने सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्