राजनीति

उपसभामुख राना रुसतर्फ प्रस्थान

१ आश्विन २०८१, मंगलवार ११:०८
उपसभामुख राना रुसतर्फ प्रस्थान

१ असोज, काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका निम्ति आज रुसतर्फ प्रस्थान गरेकी छन् ।

रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन् ।

उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते(सेप्टेम्बर १८–२०)सम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ ।

उनले उक्त फोरमलाई सम्बोधन गर्ने बताइएको छ । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते (सेप्टेम्बर २१)मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्