राजनीति

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

१ आश्विन २०८१, मंगलवार ११:००
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ ।

राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले घण्टी बजाएर गरेका हुन्। उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजासमेत गरिएको हो।

आज र भोलि काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुने जनाइएको छ। भेला भोलिसम्म चल्नेछ । भेलामा सभापति लामिछानेले राजनीतिक र कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ ।

भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग÷ आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्