समाचार

पोको पारेर फालेको अवस्थामा एक युवकको शव फेला

३१ भाद्र २०८१, सोमबार २०:५१
पोको पारेर फालेको अवस्थामा एक युवकको शव फेला

३१ भदौकाठमाडौँ। रुपन्देहीको तिलोत्तमामा सोमबार एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका- १३ चिलीया स्थित खेतबारीमा उक्त शव फेला परेको हो। तिलोत्तमा नगरपालिका–१३ चिलियास्थित खेतमा अन्दाजी २६ वर्षीय युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

शवको पोष्टमार्टमकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ। शवको पहिचान खुल्न सकेको छैन। थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्