समाचार

मोबाइल र ल्यापटपसहित चार पक्राउ

२१ पुष २०७८, बुधबार ११:००
मोबाइल र ल्यापटपसहित चार पक्राउ

२१ पुस, काठमाडौं । काठमाडौंबाट चोरी गरिएको मोबाइल र ल्यापटपसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका घर भएका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाडौंको मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भइ गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङ रहेका छन्।

२१ थान मोबाइल, दुईथान ल्यापटप र चारथान ल्यापटपको चार्जरसहित उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–८, आरुबारीबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्