समाचार

दुईवटा बस ठोकिएर साइकललाई ठक्कर दिँदा साइकल यात्रीकाे मृत्यु

२९ भाद्र २०८१, शनिबार १९:३७
दुईवटा बस ठोकिएर साइकललाई ठक्कर दिँदा साइकल यात्रीकाे मृत्यु

२९ भदौ,काठमाडौँ। नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर १, पानी ट्याङ्की ओरालोमा दुईवटा बस ठोकिएर साइकललाई पनि ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार आज दिउँसो ४ बजेर २० मिनेट जाँदा मुग्लिनबाट आँपटारी आउँदै गरेको बा।प्र। ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले नारायणगढबाट मुग्लिनतर्फ गइरहेको  ग २ ख ८५५ न।को बसलाई ठक्कर दिई अनियन्त्रित हुँदा साइकल यात्रीलाई ठक्कर दिन पुगेको थियो ।

ठक्करबाट भरतपुर १ रामननगर घर भएका ६४ वर्षीया राम थापाको निधन भएको हो ।दुर्घटनाको कारण गम्भीर घाइते थापालाई थप उपचारको लागि भरतपुर अस्पताल ल्याइएको थियो ।तर, अस्पतालमा उपचार अघि बढाउन नपाउँदै थापाको ज्यान गएको चिकित्सकलाई उद्धृत गर्दै डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार दुबै गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्