नेपाली चलचित्र

गायक सुरेश लामाको गीत ‘यो मनको चाहना’ सार्वजनिक

२९ भाद्र २०८१, शनिबार १९:३१
गायक सुरेश लामाको गीत ‘यो मनको चाहना’ सार्वजनिक

काठमाडौँ। ‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक सुरेश लामा र गायिका दीपा लामाको आवाजमा सजिएको गीत आज सार्वजनिक भएको हो ।

गीतको शब्द डा.दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ।  विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन् ।

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्। गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्