मनोरञ्जन

बेनिशाले किनिन् विद्युतीय गाडी

२८ भाद्र २०८१, शुक्रबार १९:२०
बेनिशाले किनिन् विद्युतीय गाडी

२८ भदौ,काठमाडौँ। नायिका बेनिशा हमालले विद्युतीय कार किनेकी छन् । आमोडा ब्रान्डको नयाँ कार घरमा भित्र्याएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

उनले गत आइतबार झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार किनेकी हुन् । लागत पनि किफायती रहेको र वातावरणमैत्री भएकाले पनि आफूले विद्युतीय कार खरिद गरेको उनले बताइन् । ‘हामी धेरै हिंडिरहनुपर्छ । किफायती र वातावरणमैत्री पनि हुने भएकाले यो कार किनेकी हुँ’ फिल्म ‘एक्लो’ छायांकनका लागि जोमसोममा रहेकी बेनिशाले अनलाइनखबरसँग भनिन् ।

सामाजिक सञ्जालमा खुसी साट्दै बेनिशाले लेखेकी छिन्,इलेक्ट्रिकमा स्विच गर्नुहोस् र आफ्नो ड्राइभलाई पावर गर्नुहोस्।  हमालले किनेको कार ओमोडा ब्राण्डको रहेको छ। पछिल्लो समय विद्युतीय कारप्रति सेलिब्रेटीको आकर्षण बढ्ने क्रममा छ। केही समयअघि कलाकार गरिमा शर्माले पनि विद्युतीय गाडी किनेकी थिइन्।

कलाकारहरू हरिवंश आचार्य, रामकृष्ण ढकाल, सञ्जोग कोइराला, सागर लम्साल बले लगायतले पनि विद्युतीय गाडी चढ्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्