२८ भदौ,काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्न लागेको छ। नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको हो ।
चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएका छन् ।विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट १ र स्मार्ट ३ अब छिट्टै नेपालमा लन्च र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीको दाबी छ ।
विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको जनाएको छ । दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन् ।
विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र #३ अब छिटै नेपालमा प्रक्षेपण हुँदै र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।