भिडियो

हेमराज तामाङको नयाँ गीत ‘पूजनीय मातापिता’

२७ भाद्र २०८१, बिहीबार १२:१९
हेमराज तामाङको नयाँ गीत ‘पूजनीय मातापिता’

काठमाडौँ। नेपाल सरकारका सहसचिव हेमराज तामाङले बुवाको मुख हेर्ने दिनको अवसर पारेर बुवाको सम्मान र सम्झना झल्कने गरी ”पूजनीय मातापिता ” बोलको गीत बजारमा ल्याएका थिए ।

गीतमा बुवाको त्याग र समर्पणलाई गीत मार्फत चित्रण गरिएको छ । हेमराज तामाङको शब्द रहेको गीतमा सुशील सिंह ठकुरीले संगीत भरेका छन् । उक्त गीतमा राज सागरले स्वर दिएका छन्। गीतको अडियो पक्ष अब्बल रहेको छ । भिडियोलाई चेत बुढाथोकीले सम्पादन गरेका छन्।

सरकारी सेवामा रहेका हेमराज तामाङ प्रभावशाली रास्ट्रसेवक साथै गीत संगीत लेखनमा रुचि राख्ने व्यक्तित्व हुन्। संसारमा सबै चीज यथावत् हुँदा पनि मुख्य अभिभावक नहुँदा सबै शून्य महसुस भएको भावलाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतलाई ‘हेमराज तामाङ’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्