मुख्य समाचार

आज चारवटा संसदीय समितिको बैठक बस्दै

२७ भाद्र २०८१, बिहीबार ०७:४४
आज चारवटा संसदीय समितिको बैठक बस्दै

२७ भदौ, काठमाडौं। संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ।

जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्