बलिउड

मलाइका अरोराका बुबाको सातौँ तलाबाट खसेर मृत्यु

२६ भाद्र २०८१, बुधबार २०:०३
मलाइका अरोराका बुबाको सातौँ तलाबाट खसेर मृत्यु

२६ भदौ, काठमाडौं। बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराको बुधबार मुम्बईमा भवनको सातौँ तलाबाट खसेर मृत्यु भएको छ। उनी बान्द्राको एक आवासीय भवनमा बस्थे।

अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौँ तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति एवं अभिनेता अरबाज खान सबैभन्दा पहिले पुगेका थिए । प्रहरीले बालकनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटना लगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेर यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाइएको छ । घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई पुगेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्