प्रवास

भाजपाको आरोप- राहुल गान्धीले अमेरिकामा भारतविरोधी सांसदलाई भेटे

२६ भाद्र २०८१, बुधबार १९:५७
भाजपाको आरोप- राहुल गान्धीले अमेरिकामा भारतविरोधी सांसदलाई भेटे

२६ भदौ, काठमाडौं। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले लोकसभामा विपक्षी दलका नेता तथा कंग्रेस नेता राहुल गान्धीले अमेरिका भ्रमणका क्रममा भारतवरोधी अमेरिकी सांसदको भेट गरेको आरोप लगाएको छ।

एक घण्टा हाराहारी बोलेका उनको बोलीलाई लिएर भारतीय मिडियामा बहस भएको छ । भारतीय जनता पार्टी (बीजेपी) ले राहुलको बहसलाई चर्को आलोचना गरेको छ । विदेशमा पुगेर भारत र बीजेपीको विपक्षमा बोलेको र चीनको पक्षमा बोलेको भन्दै उनको चर्को आलोचना गरिरहेका छन् । तर, भारतीय अवार्ड बिजेता पत्रकार रविश कुमारले भने राहुलको तारिफ गरेका छन् ।

भारतका जेएनयू, बीएचयू जस्ता विश्वविद्यालयहरूका बहस तथा ‘गोदी मिडिया’ का कन्क्लेभहरूमा निम्तो नगरिएका राहुललाई विदेशीले निम्तो गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा त्रिवेदीले भने, ‘राहुल गान्धीले भारतविरोधी अमेरिकी सांसद इल्हान ओमरसँग भेट गरेका छन्। उनी ती अमेरिकी सांसदमध्ये एक हुन्, जसलाई पाकिस्तान सरकारले पीओके भ्रमण गर्न आमन्त्रण गरेको थियो।’

उनले थपे, ‘इल्हानले मुस्लिम ब्रदरहुड र आईएसआईप्रति सहानुभूतिपूर्ण बयान दिएका छन्। राहुल गान्धी पहिलो विपक्षी नेता हुन् जसको नाम संयुक्त राष्ट्र संघमा पाकिस्तानले आफ्नो भारत विरोधी बयानमा लियो।इल्हान उमर र पन्नुले गान्धीको प्रशंसा गरिरहेको त्रिवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्