राजनीति

एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने

२६ भाद्र २०८१, बुधबार १९:५४
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने

२६ भदौ, काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको निर्णयको विपक्षमा उभिने निर्णय गरेको छ ।

बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले संसद्‍मा उपसभामुख रानाको पक्षमा उभिने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, आगामी मंसिरसम्ममा सातै प्रदेशमा अधिवेशन गरिसक्ने र असोज ५ गते बागमती प्रदेशको आयोजनामा काठमाडौँमा सन्देश सभा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्