समाचार

ठाकुरापुरमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर

२६ भाद्र २०८१, बुधबार १९:४९
ठाकुरापुरमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर

२६ भदौ, कपिलवस्तु। एनसेलले कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश स्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत एनसेलले सो कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त शिविरमा ३०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोग लगायत अन्य रोगका विशेषज्ञहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा ईसीजी, मधुमेह तथा रक्तचाप जाँच लगायतका सेवा प्रदान गरिएको थियो भने आवश्यकता अनुसार निःशुल्क औषधि समेत वितरण गरिएको कम्पनीले जनाएको छ ।

शिविरमा मानिसहरूले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । शिविरमा आएका बिरामीहरूलाई डाक्टरको परामर्शअनुसारको आवश्यक निःशुल्क औषधिहरू पनि प्रदान गरिएको थियो ।

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन’ अर्थात् १८औँ वर्षका लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यान्वयन भइरहेका छन् । यस ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता एनसेलले प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्