मुख्य समाचार

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्धको रिट उच्च अदालतले गर्‍यो खारेज

२५ भाद्र २०८१, मंगलवार २०:१४
पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्धको रिट उच्च अदालतले गर्‍यो खारेज

२५ भदौ, काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले आज जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका हुन्। परीक्षामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ।

बिहिबार साँझ बसेको सञ्चालक समिति बैठकले सर्ट लिष्टमा दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ नियुक्त गरेको थियो । बोर्डको पूर्वसीईओ समेत रहेका रेग्मीले सीइओ नियुक्त भएपछि असन्तुष्टि जनाउँदै फेसबुकमा ६ जना पूर्वसचिवहरू संलग्न भई लिएको परीक्षामा आफू पहिलो नम्बरमा सिफारिस भएको तर बोर्ड सञ्चालक समितिले पूर्वाग्रही भएर दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ बनाएको दाबी गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेको ठाडो निर्देशनमा दुई नम्बरमा सिफारिस भएका जोशीलाई नियुक्ति गरिएको आरोप रेग्मीको छ । लोक सेवा आयोगको सहयोगमा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको नेतृत्वमा गठन भएको सीईओ छनोट उपसमितिले र्लिएको परीक्षामा रेग्मी, जोशी र ज्ञानेश्वर महतो गरी तीन जनाको नाम सीईओका लागि सिफारिस गरेको थियो । परीक्षामा रेग्मी पहिलो, जोशी दोस्रो र महतो तेस्रो नम्बरमा सिफारिस भएका छनोट उपसमितिमा रहेका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्