प्रदेश

पूर्वमुख्यमन्त्री कार्कीलाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीको बल प्रयोग

२५ भाद्र २०८१, मंगलवार २०:०९
पूर्वमुख्यमन्त्री कार्कीलाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीको बल प्रयोग

२५ भदौ, विराटनगर ।  निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको छ ।

आफू नेतृत्वको सरकारले शुरु गरेको योजना काटेको भन्दै कार्की आमरण अनशनमा आज ४ बजेबाट बसेका थिए । प्रदेश सभा अगाडि बनस्खण्डी मन्दिर छेउमा अनशन बसेका कार्कीलाई प्रहरीले बल प्रयोग गरेर अनसन स्थलबाट हटाउन खोज्दा प्रहरीसङ दोहोरो झडप भएको छ ।

उनी आमरण अनसशनमा बस्ने थाहा पाएपछि जिल्ला प्रशासनले आजै प्रदेश सभा आसपास निषेधाज्ञा जारी गरेको थियो । यस अघि पनि संवेदनशिल क्षेत्रको रुपमा लिँदै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा लगाँउदै आएको थियो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलवार दिउँसो ३ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको हो । तर शुरूमा कार्कीसहितको टोली निषेधित क्षेत्रमा अनशन बस्दा प्रहरीले कुनै हस्तक्षेप गरेको थिएन । साँझमा भने बल प्रयोग गरेको हो । कार्की सत्तारुढ दल नेपाली कांग्रेसका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्