समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२५ भाद्र २०८१, मंगलवार ११:४७
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२५ भदौ, काठमाडौँ। मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७५५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्