प्रविधि

एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै

२४ भाद्र २०८१, सोमबार २०:५१
एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै

काठमाडौं। बहु प्रतिक्षित आईफोन १६ सिरिज आज राति सार्वजनिक हुँदै छ । नेपाली समय अनुसार राति १०ः४५ मा हुने एप्पल इभेन्टमार्फत आईफोन १६ सिरिज सार्वजनिक हुन लागेको हो ।

कम्पनीले आज राति बहुप्रतिक्षित आइफोन १६ मोडलको लाइन अप लञ्च गर्दैछ । कम्पनीले आइफोन १६, आइफोन १६ प्रोज सिरिज लञ्च गर्नेछ । यी फोनमा एआई फिचर्स हुनेछ । यसबाहेक कम्पनीले एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा ३ र एप्पल वाच एसई मोडल पनि लञ्च हुने सक्ने अपेक्षा गरिएको छ । केही समाचारले भने कम्पनीले कम बजेटको एयरपड पनि लञ्च गर्न सक्ने बताइएको छ ।

नयाँ आउन लागेको ‘आइफोन १६ सिरिज’मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरू समावेश हुने अनुमान गरिएको छ। आइफोन १६ प्रो सानो भेरियन्टको मात्र मूल्य बढ्ने प्रविधि क्षेत्रका जानकारहरूको अपेक्षा छ।

यसका अलावा फोनमा केही हार्डवेयर परिवर्तन पनि देखिने बताइएको छ। एप्पल इभेन्ट एप्पल टिभी र एप्पलको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्