समाचार

फेरि बढ्यो सुनको भाउ

२४ भाद्र २०८१, सोमबार ११:४४
फेरि बढ्यो सुनको भाउ

२४ भदौ, काठमाडौँ।  स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ।

आइतबार एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।सुनकाे मूल्य बढेसँगै सोमबार चाँदीको मूल्य पनि बढेको छ।

त्यस्तै, चाँदी प्रतिताेला ५ रूपैयाँले बढ्दै साेमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्