समाचार

सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी अशोकराज सिग्देल

२४ भाद्र २०८१, सोमबार १०:१७
सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी अशोकराज सिग्देल

२४ भदौ, काठमाडौँ। लुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन्।

सैनिक सेवामा ४१ वर्ष बिताएका प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकाशमा जाने भएपछि सिक्देलले ४५औं प्रधानसेनापतिका रूपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन् । शर्मा गत साउन २४ गतेदेखि नै बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।

भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलबाट दज्र्यानी चिह्न प्राप्त गरेर सिग्देलले आज (सोमबार)देखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्ने छन्। नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्