प्रवास

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै हजारौंको प्रदर्शन

२४ भाद्र २०८१, सोमबार १०:०७
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै हजारौंको प्रदर्शन

२४ भदौ, एजेन्सी। पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौंले विरोध प्रदर्शन गरेका छन् ।

पाकिस्तानको राजधानीमा हजारौं मानिसहरू सडकमा उत्रिएका हुन् । उनीहरुले एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गरिरहेका छन्।

प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएका तस्बिर र भिडियोहरूले देशका विभिन्न भागबाट खानका समर्थकहरूलाई इस्लामावादतर्फ अघि बढेको देखाएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

विरोध प्रदर्शनमा सहभागीले खानलाई जेलमुक्त नगरेसम्म शान्त भएर नबस्ने बताएका छन् । इस्लामाबाद प्रशासनले शहरमा हुने सम्भावित अशान्ति रोक्न मुख्य प्रवेश मार्गहरूमा कन्टेनरहरू राखेर र प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्