समाचार

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारहरुले कति खर्च गर्न पाउने ?

२१ पुष २०७८, बुधबार ०२:४४
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारहरुले कति खर्च गर्न पाउने ?

२१ पुस, काठमाडौं । राष्ट्रिय सभाको आगामी माघ १२ गते हुने निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली २०७६ को नियम ४६ को उपनियम (१) संग अनिसुची-१ मा उल्लेख भएको अनुसार मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालन लगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ।

सवारी साधन/घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ। कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ। १९ सिटका लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले बताएको छ।

हेर्नुस् कुन शीर्षकमा कति खर्च गर्न मिल्छ:

प्रतिक्रिया दिनुहोस्